अज्ञात समुहद्धारा अछाममा दुई वडा कार्यालयमा आगजनी

पत्रपत्रिकाबाट

मंगलबार, १० असार २०७६, ०८ : ३२
अज्ञात समुहद्धारा अछाममा दुई वडा कार्यालयमा आगजनी

प्रतिकात्मक फोटो

अछाम । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ ।

भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियो । आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन् ।

यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस