श्रम मुलुक जाने नेपालीलाई ‘एनओसी’ अनिवार्य

पत्रपत्रिकाबाट

सोमबार, ०९ असार २०७६, ०७ : ३३
श्रम मुलुक जाने नेपालीलाई ‘एनओसी’ अनिवार्य

काठमाडौं । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) अनिवार्य गरिएको छ।

भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स ९यूएई०, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० अनिवार्य गरिएको दूतावासले जनाएको छ।

एनओसी लिन भारत हुँदै यी मुलुक जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदनपत्र, यात्रा गर्ने व्यक्तिको राहदानी र राहदानीको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसै गरी रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको प्रतिलिपि, यसअघि भारतबाहेक तेस्रो मुलुकको भ्रमण गरेको भएमा यात्रा अभिलेखको प्रतिलिपि आवश्यक हुने बताइएको छ।

‘उपरोक्त कागजातसहितको निवेदन प्राप्त भएपछि औचित्यको आधारमा राजदूतावासले एनओसी जारी गर्न सक्नेछ’ –दूतावासको विज्ञप्तिमा उल्लेख छ।

अध्ययन र व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकका हकमा भने अध्ययन र व्यवसायसँग सम्बन्धित परिचयपत्र बुझाउन दूतावासले ध्यानाकषर्ण गराएको छ। यसअघि भारतीय मार्ग हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि सरकारले नेपालीलाई भारतीय अध्यागमनबाट जान रोक लगाएको छ।

दूतावासले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारका नाममा बढिरहेको विकृति नियन्त्रण गर्ने सघाउ पु¥याउने भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायको बुझाइ छ। भारतीय मार्ग हुँदै वैदेशिक रोजगारमा जाने धेरै सोझा–साझा नेपाली नागरिक ठगिएका छन्, उहाँले भन्नुभयो– ‘मानव बेचखिन बढेको छ, यस्ता गतिविधि नियन्त्रण गर्न यस्तो कदम अघि बढाइएको हुनुपर्छ।’ तर एनओसी प्रकृयाका नाममा अनावश्यक झन्झट थप्न नहुने र दलालको चलखेल मौलाउने वातावरण बनाइनु नहुने उपाध्यायले बताउनुभयो।

चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरूका लागि भारतको भिसा आवश्यक पर्ने दूतावासले जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस