जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ असार २०७६, ०६ : ४५
जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

बझाङ । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ ।

जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौँ रकम खर्चिएको थियो ।

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 
 

प्रतिक्रिया दिनुहोस