प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०३ असार २०७६, ०८ : ३७
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन छ । 

उनले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका हुन् ।  गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर सम्बन्धित पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए । प्रधानमन्त्रीले समसामयिक विषयमा संसदमा आफ्ना कुरा राख्ने नेकपाका एक नेताले बताए । यो समाचार आजको नया पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस