नेकपाकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

पत्रपत्रिकाबाट

आइतबार, ०१ असार २०७६, ०८ : २२
नेकपाकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

काठमाडौँ । सत्तारूढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौं–५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए ।
‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ । कि सार्वजनिक रूपमा माफी माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्,’ रिपोर्टर्स क्लबद्वारा राजधानीमा शनिबार अयोजित कार्यक्रममा उनले भने, ‘सरकारकार प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ भने, राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’

मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए ।

मानन्धरले प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछि विधेयक फिर्ता लिन दबाब दिने उल्लेख गर्दै फिर्ता नभए राजधानीमा आन्दोलनको आँधीबेहरी सुरु हुनेचेतावनी दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस