प्रिय राधिका आन्टी
जोजोलपा !
युरोपको एक साता लामो भ्रमण सकेर आज आइतबार तपाईं घर फर्किंदै हुनुहुन्छ, वेलकम ब्याक होम भन्न चाहन्छु ! पौने पाँच घण्टाको समयको फरक र १२ घण्टा लामो उडान, केही थाक्नुभएको पनि होला, यस्तो बेला शुभचिन्तकको चिठी पढ्दा थकान मेटिन्छ भन्छन्, यस चिठीले हजुरको थकान मेट्छ कि बढाउँछ, म भन्न सक्तिनँ !
तपाईं प्रधानमन्त्रीज्यूसँग जब युरोपतिर लाग्नुभयो यता विधेयकको ओइरो बढ्यो । तर जति विधेयकहरु आए सबै भूमिगत शैलीमा तयार पारिएका– न कुनै सरोकारवालालाई भेटेर सुझाव मागेको छ, न शुभचिन्तकलाई साथ लिने अभ्यास गरेको छ । कति विधेयकको मस्यौदा त मन्त्रालयको सचिवले गर्ने, उपसचिवसम्मलाई जानकारी नदिई झ्याप्प संसदमा पेश गर्ने ! कस्तो भूमिगत लोकतन्त्र !
तपाईं देशमा नभएको मौकामा यस्तै एउटा विधेयक आयो गुठीलाई विस्थापन गरेर प्राधिकरण बनाउने भनेर । राजधानीबासीको पहिचान, परम्परा र संस्कृतिको धरोहर मेटिन लाग्यो भनेर स्थानीय बासिन्दा चिन्तित हुनु स्वाभाविकै थियो । फेरि विज्ञहरुले ‘विधेयक जस्ताको त्यस्तै पारित भए गुठीको लाखाैं रोपनी जग्गा भूमाफियाले हातपार्छन्’ भन्ने निष्कर्ष निकालेपछि हामी चिन्तित नहुने कुरै थिएन । यस विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भैरहेको तपाईंले युरोपमै पनि थाहा पाइसक्नुभएकै हुनुपर्छ ।
विद्वान केदारभक्त माथेमाले ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्यायो, सबै राजधानीबासी एकजुट भएर यसलाई फिर्ता गराऔं’ भनेपछि आन्दोलनमा सिंगो काठमाडौं उत्रिनु स्वाभाविकै हो । प्रा.डा. माथेमाले मात्र होइन संस्कृतिविद् गोविन्द टण्डनले पनि विधेयकले गुठी संस्कृतिलाई सखाप पार्ने निष्कर्ष निकालेपछि हामी नराम्रोसँग झस्कियौं । आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ असार २०७६, ०७ : २३
लेखकबाट थप