काठमाडौँ । राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ । स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै हुनुहुन्छ भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । “एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भन्नुभयो, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।” छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधा सहित स्र्माट पार्किङ सुरु हुने उहाँले जानकारी दिनुभयो । कmबचत
काठमाडौँ महानगरपालिकाले ह्विल्स ट्रुली योर्स र एड गुरु नामक निजी संस्थासँग मिलेर राजधानीका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । सार्वजनिक निजी साझेदारी मोडलमा स्मार्ट पार्किङ सुरु भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । न्यूरोडको प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा स्मार्ट पार्किङ सुरु भएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताउनुभयो ।
“अहिले परीक्षणकालमा चलिरहेको छ,” उहाँले भन्नुभयो, “यसले राम्रो परिणाम दियो भने अन्यत्र पनि सञ्चालन गर्नेछौँ ।” जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्दै व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन स्मार्ट पार्किङको अवधारणा ल्याएको उहाँले उल्लेख गर्नुभयो । जथाभावी सवारी पार्किङ गरेकालाई महानगरले उठाएर लैजाने समस्याको अन्त्य स्मार्ट पार्किङले गर्ने उहाँले बताउनुभयो ।
योजना महानगरको
सार्वजनिक निजी साझेदारीमा हुने कामकारबाही हेर्ने महानगरस्थित विभागका प्रमुख धु्रव काफ्लेका अनुसार अफ स्ट्रिट पाकिर्ङ९भवन बनाएरै पार्किङको सुविधा० र अन स्ट्रिट स्मार्ट पार्किङ९खुल्ला सडकको अस्तव्यस्त पार्किङ व्यवस्थित गर्ने०को योजनामा काठमाडौँको पार्किङ व्यवस्थित गर्न खोजिएको छ । काठमाडौं महानगरपालिकाकै स्वामित्वमा रहेको धर्मपथ स्थित जग्गामा बहुतलाको अटो लिफ्ट पद्धतिको सवारी साधन पार्किङ्ग भवन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
अहिले सुरुवात भएको अन स्ट्रिट स्मार्ट पार्किङ अन्तर्गत मुख्य सडकभन्दा भित्र रहेका भित्री सडकमा छोटो अवधिका लागि दिइने पार्किङ सुविधा हो । “जुन ठाउँमा सवारीको जाम कम छ र व्यापार व्यवसाय बढी भैरहेको छ त्यो स्थानमा आम मानिसको पहुँच सहज बनाउने उदेश्य हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा अति व्यस्त हुने न्यूरोड र दरबारमार्ग रोजिएको हो ।” जहाँ रहेका पसल र व्यापारिक स्थलमा पार्किङको कुनै सुविधा छैनन् ।
उहाँका अनुसार पार्किङमा प्रविधि सहित पारदर्शी आय संकलनका माध्यमद्वारा शहरको मुख्य क्षेत्रमा सवारी साधन पार्किङ सेवा उपलब्ध गराउने अर्को लक्ष्य रहेको छ । सवारी साधन पार्किङ्गलाई सुरक्षित तथा व्यवस्थित बनाउँदै शहरी सौन्दर्य समेत कायम गर्ने महानगरको ध्येय रहेको काफ्लेले बताउनुभयो । यी पाँच स्थानमा आठसय वटा मोटरसाइकल र ८० वटा निजी सवारी साधन अट्ने क्षमता छ । उहाँका अनुसार पाँचवर्षसम्म काठमाडौं महानगरपालिकाले स्थान मात्र उपलब्ध गराउने र अन्य सबै व्यवस्था निजी संस्थाले गर्ने सम्झौता अनुरुप स्मार्ट पार्किङ परियोजनामा काम भएको छ । स्मार्ट पार्किङको अनुगमनकारी निकायका रूपमा महानगरले कुल आम्दानीको २० प्रतिशत राजस्वका रूपमा पाउनेछ ।
यसरी चल्यो स्मार्ट पार्किङ
सडकको एक छेउ वा उपलब्ध क्षेत्रमा सोलार जडित डिजिटल बोर्ड जडान भएको छ । सोलारबाट चल्ने त्यस वोर्डले कति सवारी अट्छ भन्ने सहजै जानकारी दिन्छ । त्यो मात्र हैन, कति मिनेटपछि कति सवारी कम हुँदैछ भन्ने जानकारी पनि दिने सञ्चालकमध्येका एक शैलेश कुँवरले बताउनुभयो । हाल परीक्षणमा रहेको अवस्थामा निशुल्क सेवा सहितको स्मार्ट पार्किङ चलिरहेको छ ।
बेइजिङ, हङकङ, लण्डन जस्ता शहरमा पार्किङ प्रणालीको अध्ययन गरेपछि यसरी सडकमै पनि सवारी व्यवस्थित गर्न सकिने प्रस्ताव महानगरसमक्ष गरेको उहाँले बताउनुभयो । कुँवरका केही सहकर्र्मी विदेश गएर आएका हुनाले त्यो अनुभव समेत आफ्नो परियोजनामा सामेल गरिएको छ । स्मार्ट पार्किङमा अटो विलिङ पद्धति रहेको छ ।
त्यस्तै उहाँका अनुसार सवारीको प्रकारका आधारमा पार्किङ्ग गर्न सकिने सवारी साधनको संख्या तोकिन्छ । पार्किङ सुरक्षाका लागि कर्मचारी सहित सिसि क्यामराबाट सवारी साधनको निगरानी गरिएको छ । केही अवधिपछि सेन्सरद्वारा सवारी साधन पहिचान गर्न सकिने पद्धति समेत जडान गरिनेछ । हाल निशुल्क रहेको पार्किङ औपाचरिक रूपमा सुरु भएपछि प्रतिघण्टा मोटरसाइकलको २५ र ठूला गाडीको ८० रुपियाँ शुल्क तोकिदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ जेठ २०७६, ०७ : १४
लेखकबाट थप