४० भन्दा बढी मन्दिरै गायब, भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत बाँकी राखेनन्

पत्रपत्रिकाबाट

विहीबार, ३० जेठ २०७६, ०७ : ४७
४० भन्दा बढी मन्दिरै गायब, भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत बाँकी राखेनन्

धनुषा ।  जनकपुरमा २५ वर्षअघिसम्म टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र ।
पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन छन् । 

जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे । ती साधुको भक्तिबाट आर्कषित भई जग्गादान गर्ने परम्परा थियो । 

सबै मन्दिर व्यवस्थित थिए । तर, भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटि मासिँदै गए । कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्को मूर्तिसमेत बेचिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस