बेलायतीको हृदयमा गोरखा

पत्रपत्रिकाबाट

विहीबार, ३० जेठ २०७६, ०७ : २२
बेलायतीको हृदयमा गोरखा

काठमाडौं । बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । 

बेलायतको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन् । 

गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराए । 

उनले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताव्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस