असोजबाट जनकपुरमा रेल गुड्ने

पत्रपत्रिकाबाट

मंगलबार, २८ जेठ २०७६, ०८ : २१
असोजबाट जनकपुरमा रेल गुड्ने

काठमाडौँ । आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । 
रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो ।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ । सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागमा महाप्रबन्धक वलराम मिश्रले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस