‘सारेगमप’मा इटहरीका प्रितम आचार्य तेस्रो बने, को हुन उनी ?

सफल खबर संवाददाता

सोमबार, २७ जेठ २०७६, १७ : ०४
‘सारेगमप’मा इटहरीका प्रितम आचार्य तेस्रो बने, को हुन उनी ?

काठमाडौं । इटहरी–५ का ११ वर्षे प्रितम आचार्य भारतीय टेलिभिजन च्यानल जीटिभीको ‘सारेगमप लिटल च्याम्प्स’ मा तेस्रो भएका छन् । आइतबार राति सम्पन्न फाइनलमा उनी ‘सेकेन्ड रनरअप’ भएका हुन् । 

यो प्रतियोगिता सुगन्धा दातेले जित्दा मोहम्मद कैफ दोस्रो भए । शीर्ष ६ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् । 

नेपालबाट जीटिभी रियालिटी शो’को अन्तिम प्रतिस्पर्धासम्म पुगेका यी दुईले ‘ग्र्यान्ड फाइनल’ सम्मै निर्णायक र पाहुनाहरूको वाहवाही बटुले । 

को हुन प्रितम ?
२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको उनको परिवारले बताएको छ । कक्षा ६ मा अध्ययनरत आर्चाय २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा पनि दोस्रो भएका थिए ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै गाउनमा लागिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गायकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खाध्गोदम भन्ने ठाउमा बस्दै आएका प्रितम सानै उमेरदेखि निकै चर्को–चर्को स्वरमा गाउथे । जस्तो सुकै गीत पनि निकै मिठासका साथ गाउने खुबी भएका प्रितमले इटहरी मै भएको स्कुल आइडल मा पनि भाग लिएर टप ६ सम्म पुग्न सफल भएका थिए ।

त्यहि बाटै उनको संगीत यात्राको थालनी भएको हो । इटहरी मा आयोजना हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो । त्यहिबाटै सबैको माया, साथ्, हौसला र प्रशंशा बाट उनि आज संगीतको महामंच सारेगमप् लिटल च्याम्प्समा सफल भएका हुन् ।

उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसला आइडल का उपविजेता पनि हुन् । इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत प्रितम परिवारका दोश्रो सन्तान हुन् ।

प्रतिक्रिया दिनुहोस