Safal Khabar - डा. भोजराज अधिकारी भन्नुहुन्छ ‘थाइराइड इमरजेन्सी होइन’ (भिडियोसहित)
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
थाइराइड दिवस

डा. भोजराज अधिकारी भन्नुहुन्छ ‘थाइराइड इमरजेन्सी होइन’ (भिडियोसहित)
शनिबार, ११ जेठ २०७६, १५ : ०६
डा. भोजराज अधिकारी भन्नुहुन्छ ‘थाइराइड इमरजेन्सी होइन’ (भिडियोसहित)

चितवन । थाइराइड सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । विश्व थाइराइड दिवस २०७५ को अवसर पारेर पुष्पाञ्जली हस्पिटल प्रालिले भरतपुरमा आइतबार सो कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख प्रद्युम्न उपाध्यायले पुष्पाञ्जली हस्पिटलले थाइराइडका बारेमा जनचेतना जगाउने काम गर्नु आफैंमा प्रशंसनीय भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि उपाध्ययले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र अन्तरक्रिया गर्ने जो कोहीसँग पनि सहकार्य महानगर तयार रहेको बताउनु भयो । 

वरिष्ठ फिजिसियन एवं पुष्पाञ्जली हस्पिटलका डाइरेक्टर भोजराज अधिकारीले थाइराइड बिगार्ने कुराको जगमात्र भएको र त्यो जगलाई राम्रो बनाउनु पर्छ भन्ने अभियान अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । यस कार्यक्रमले थाइराइडका बारेमा समाजमा भएका भ्रमहरुलाई चिर्ने उहाँको भनाइ थियो । थाइराइडको बारेमा नडराउनु प¥यो भने बुझनै पर्ने कुरा भन्दै उहाँले भन्नुभयो, ‘थाइराइड इमरजेन्सी होइन, थाइराइड हर्टअट्याक होइन, किड्नी अट्याक होइन, ब्रेन अट्याक होइन’ ।  थाइराइड इमरजेन्सी नभएकाले नै रगत दिएको एक हप्तापछि रिपोर्ट लिन बोलाइएको उहाँले बताउनु भयो । धेरै समयसम्म कुर्दा मेरो थाइराइड के भइसक्ने होला भनेर न डाराउ उहाँको अग्रह थियो ।  

कार्यक्रममा पुष्पाञ्जली हस्पिटलका बोर्ड सदस्य केशव लामिछाने, मुटु रोग विशेषज्ञ डा. सुधिर रेग्मी, मुटु रोग विशेषज्ञ डा. शंकर लौडारी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमनाथ सुवेदी, बालरोग विशेषज्ञ डा. किरण देवकोटा लगायतले थाइराइड ग्रन्थी सम्बन्धी रोगका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम मधुमेह तथा थाइराइड स्वयंसेवक समाज श्री पुष्पाञ्जली हस्पिटलका सभापति कालीशंकर पौडेलको अध्यक्षतामा भएको थियो ।

 

पढ्नुहोस् वरिष्ठ फिजिसियन एवं पुष्पाञ्जली हस्पिटलका डाइरेक्टर भोजराज अधिकारीले थाइराइडका बारेमा दिनु भएको जानकारी :
   के हो थाइराइड र थाइराइड दिवस ?

विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड दिवस मनाउने गरिन्छ र यस वर्षको मुख्य जोड थाइराइड र थाइराइड बाट हुने क्यान्सरको प्रभाव सम्बन्धमा रहने गरी impact of thyroid disease & thyroid cancer  रहेको छ ।     

– थाइराइड एउटा घाँटिको अघिल्लो भागमा हुने पुतलीको आकारको २० देखी ४० ग्रामको गा्रन्थी हो जसबाट उत्पाद हुने थाइराइड हर्मोनको शरिरको मेटोबोलिज्म अथवा आन्तरीक वातावरण विषेश गरी प्रोटिन रेगुलनेशनमा महत्वपुर्ण भुमिका छ ।
– थाइराइड समस्या हुने ५० प्रतिशत भन्दा बढि मानिसहरु लाई आफुलाई थाइराइड छ भन्ने थाहा नै हुँदैन । 
– थाइराइड समस्या पुरुषहरुको तुलनामा महिलालाई १० गुणा बढि देखिन्छ । थाइराइड हर्मोन कमि हुने रोग हाइपोथाइरोडिजम पनि थाइराइड हर्मोन बढि हुने रोग हाइपरथाइरोडिजम भन्दा १० गुणा बढि देखिन्छ ।

हाइपोथाइरोडिजममा देखा पर्ने लक्षणहरु 
–कपाल र छाला सुक्खा हुनु ।
–छाला फुस्रो  देखिनु ।    
–अरुचि भए पनि तौल बढ्नु।
–सुस्त हुनु ।
–छाला चिसो हुनु ।
–चिसो सहन नसक्नु ।
–थकित र कमजोर हुनु ।
–स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु । 
–कब्जियत हुनु ।
–महिनावारी अनियमित तथा धेरै हुनु।
–त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो –तथा भास्िसएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु।
–बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु। कुनै कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ। 

हाइपरथाइरोडिजममा देखा पर्ने लक्षणहरु  
-एक्कासि धेरै मात्रामा तौल घट्नु ।
-मुटुको धड्कन तीव्र तथा अनियमित हुनु ।
-हतास तथा चिट्चिटाहट हुनु ।
-हातहरू काम्नु ।
-धेरै पसिना आउनु ।
-मैनावारी नहुनु वा अल्प मात्रामा हुनु ।
-पटक-पटक दिसा लाग्नु ।
-सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु ।
-निन्द्रा नलाग्नु ।
-सास फेर्न गाह्रो हुनु ।
-आँखाहरू ठूला देखिनु ।
-जोर्नीहरू दुख्नु ।
-कमजोर अनुभव हुनु ।
-घाँटीमा गलगाँडजस्तै बढ्नु ।
-बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु ।
-मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु ।
-मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु ।

थप जानकारी
थाइराइड हर्मोनको समस्याको कारण आउने रोगहरु मधुमेह र उच्च रक्तचाप जस्तो शारिरिक रुपमा खतरनाक हँुदैनन र समयमा परिक्षण गरेर पहिचान भएमा यसबाट हुने धेरै असरहरु न्यूनिकरण गर्न सकिन्छ ।

– रगत परिक्षणमा थाइराइडका FreeT3,Free T4 / TSH  चेक जाँच गरिन्छ । ९५ प्रतिशत भन्दा बढि थाइराइड हर्मोन प्रोटिनसँग जोडिएर Passive अवस्थामा रगतमा बग्छ र ५ प्रतिशत भन्दा कम शरिरमा active हर्मोनको रुपमा रहन्छ यसलाइ Free हर्मोन भनिएको हो परिक्षणमा TSH बढ्यो भने “मेरो थाइराइड बढ्या”े भन्ने आम जनधारण छ तर त्यो ठिक उल्टो हो । TSH बढ्नु भनेको शरिरमा थाइराइड ग्रान्थीको Primary रोगमा हर्मोन कम हुनु हो ।
– थाइराइड हर्मोन गर्भवती महिलामा पुर्ण सुरक्षीत छ ।
– हरेक गलगाँड डर लाग्दो रोगले हँुदैन । यो सामान्य गलगाँड देखी लिएर,सिस्ट,एडिनोमा र क्यान्सर सम्म हुन सक्छ ।
–थाइराइडको क्यान्सर त्यति धेरै जनमानसमा हुने क्यान्सर होइन र यसको उमेर २० देखी ४० मा बढि हुन्छ । पुरुष भन्दा महिलाहरुमा दोब्बर हुने डर हुन्छ । 
–थाइराइड क्यान्सर पक्का गर्न घाँटिको भिडियो एक्स–रे, FNAC, सिरिन्ज बाट पानि जाँच,मासुको जाँच अथवा “Nodule scan”  गर्न सकिन्छ र उपचारको नतिजा सामान्यतया उत्कृष्ट रहन्छ ।
–आमाबाट गर्भवति अवस्थामा थाइराइड पत्ता लागेर हर्मोन नियन्त्रण भएमा जन्मिने बच्चामा रगतबाट थाइराइडको समस्या आँउदैन तर वंशाणु गुणको कारणले पनि हुनसक्ने समस्या चाँहि रहन्छ ।
–सामान्यतया खाना बारेर थाइराइड निको हुने होइन तर चिल्लो, लामे समय सम्म संचित गरी राखिएका खाना र बिषादी प्रयोग गरिएका तरकारी फलफुलको सेवन नकरात्मक भने हुन सक्छ।
–थाइराइड हर्मोन नियन्त्रणमा आयो वा सामान्य अवस्थामा आयो भनेर औषधी बन्द गर्ने चलन छ तर त्यो सामन्य अवस्थामा औषधीकै सेवनले आएको हुनाले त्यसरी चिकित्सकको सल्लाह बिना बन्द गर्नु हुँदैन र ३ देखी ४ म्हिनामा नियमीत परिक्षण गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस