ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

पत्रपत्रिकाबाट

शुक्रबार, १० जेठ २०७६, ०६ : ३१
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

काठमाडौं । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । 

‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५÷७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो,‘यो बीचमा उनीहरु अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।  

दुवैजना फरार छन् । उनीहरुसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारको अनुसन्धान सुरु गरेपछि फरार छन् ।

प्रतिक्रिया दिनुहोस