एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता, उपचारमा २५ प्रतिशत छुट

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १५ : ५५
एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता, उपचारमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल काठमाडौंबीच एक सम्झौता भएको छ । सो सम्झौताअनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५ प्रतिशत सम्मको छुट प्रदान  हुनेछ । बैंक र अस्पतालका प्रतिनिधिहरुको संयुक्त छलफलपछि बुधबार त्यस्तो सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापक सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले संयुक्त हस्ताक्षर गरेका छन् ।

दुईपक्षबीच सेवा सुविधामा सहज, सहुलियत गर्ने विषयमा सम्झौता भएको जनाउँदै बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्तिमा जारी गरेका छन् ।

सूचना अधिकारी पाण्डेको विज्ञप्तिमा बैंकका कर्मचारी, सेवाग्राही र आफन्तहरुले त्यस्तो छुट सेवा पाउने जनाइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको समेत पाण्डेले बताएका छन् ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेक उनले जनाएका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बताइएको छ ।

बैंकले ग्रामिण क्षेत्रका नागरिकहरुको लागि समेत सहज रुपमा बैंकिङ सेवा पुर्याउनका लागि आफ्नो शाखा विस्तारको योजनालाई समेत तिव्र पारेको बताउँदै आएको छ ।
पछिल्लो समयमा एनआईसी एशिया बैंक दुर्गम क्षेत्रमा आफ्नो पहुँच विस्तारमा केन्द्रीत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस