भारतमा लोकसभा निर्वाचन परिणाम आज

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ०८ : २८
भारतमा लोकसभा निर्वाचन परिणाम आज

काठमाडौं । भारतीय तल्लो सदन लोकसभा निर्वाचनको  मतगणना आज हुदैछ । मत परिणामले आगमी ५ वर्षका लागि दिल्लीको सत्ताको संरचना र समीकरण तय गर्नेछ ।

यो निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राष्टिय लाकेतान्त्रिक गठवन्धन (एनडिए) सरकारको परिक्षाको रुपमा समेत हेरिएको छ ।

चुनावमा एनडीएले मोदीलाई पोष्टरब्वाई का रुपमा मतदातासमक्ष प्रस्तुत गरेको थियो । उसले स्पष्ट बहुमत ल्याउने दाबी गरिएको छ भने भारतीय राष्टिय काग्रेस लगायत विपक्षी पनि सत्तामा फर्कने दाउमा छन् । राजनीतिक विश्लेष्कहरुले यो मत परिाणमलाई काग्रेसका नयाँ अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीको नेतृत्व क्षमता तथा क्षेत्रिय दलहरु अखिलेश यादवको समाजवादी पार्टी , मायावतीको वहुजन समाजवादी पार्टी, लालु यादवको राष्टिय जनता दल, अरविन्द केजरीवालको आमआदमी पार्टीको सान्र्दर्भिकताको परक्षाका रुपमा लिएका छन् ।

अप्रिल ११ देखि शुरु १७ औं लोकसभा चुनावको अन्तिम सातौं चरणको मतदान आइतबार सम्पन्न भएको थियो । तल्लो सदन लाकेसभाको ५४३ स्थानका लागि करिव ९० करोड भारतीयले मतदान गरेका थिए । निवाचर््न आयोगका अनुसार यसपटक ६७ दशमलव ११ प्रतिशत मत खसेको छ । यो भारत स्वतन्त्र भएयताकै सवैभन्दा वढी भएको मसेत आयोगले जनाएको छ ।

एनडिए २८० देखि ३०० सिटसहित पून सत्तामा फर्कने र विपक्षी काग्रेस नेतृत्वको संयुक्त प्रगतिशिल गठवन्धन ले १४० हाराहारीमा स्थान जित्ने अनुमान र सर्वेक्षणहरु भईरहेको छ । ५४३ सदस्यीय लाकेसभामा वहुमतका लागि २७२ सिटको आवश्यकता पर्छ । प्रक्षेपणहरुलाई विपक्षीहरुले भने स्वीकारीसकेका छैनन । 

प्रतिक्रिया दिनुहोस