मञ्जु असाह्य संरक्षण केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १८ : ०७
मञ्जु असाह्य संरक्षण केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

चितवन । महालक्ष्मी विकास बैंक लिमिटेड नारायणगढ शाखाले मञ्जु असाह्य संरक्षण केन्द्रलाई सहयोग गरेको छ । 

बैकको २५ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर सामाजिक उक्तरदायीत्व अन्तर्गत रहेर संस्थाले संरक्षण गृहमा रहेका बालबालिकाहरुलाई आवश्यक पर्ने स्कुल जुता, चप्पल, स्याम्पु, सर्फ, खाजा सामग्रीहरु वितरण गरेको महालक्ष्मी विकास बंैकका शाखा प्रमुख विरेन्द्रकुमार चौधरीले बताउनुभयो । संरक्षण गृहमा रहेका बाबु नानीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै उहाँले आउदा दिनमा पनि यी अवोध नानी बाबुहरु जस्ले थाहा नै नपाईकनै आफ्नो घर परिवार गुमाउनु परेको छ उनीहरुलाई सक्दो सहयोग गर्ने चौधरीले बताउनुभयो । 
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपेन्द्रकुमार शाहाले राज्यले गर्नुपर्ने काम एक व्यतिmले गरेको भन्दै कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभयो । अवोध नानीबाबुहरु संरक्षण गृहसम्म आउनु निकै दुखद भएको भन्दै घर परिवारका सदस्यहरु जिम्मेवार भएर आफ्ना बालबच्चाको रेखदेख र पालन पोषण गर्नु पर्ने बताउनुभयो । 

यस संरक्षण केन्द्रमा अनाथ तथा असाह्य बालबालिकाहरु बस्दै आएका छन् । विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले अहिलेसम्म १ सय ८० जनालाई उद्धार गरीसकेको संस्थाकी अध्यक्ष मञ्जु खाँडले बताउनु भयो । संरक्षण केन्द्रले अहिले भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेस्थानमा आफ्नै भवन बनाउँदै छ । 
हस्तान्तरण कार्यक्रममा महालक्ष्मी विकास बंैक नाराययणगढ शाखाका रेशमलाल सापकोटा, जिल्ला प्रहरी कार्यालय चितवनकी महिला सेल इन्चार्ज प्रहरी निरिक्षक प्रमिला श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । 

त्यसैगरी महालक्ष्मी विकास बैंक लि. हाकिमचोक शाखाले चितवनको भरतपुर हस्पिटललाई सामाजीक उत्तरदायित्व अन्तर्गत चार थान फलामको वेन्च हन्तान्तरण गरेको छ । बैंकको २५ आंै वार्षिकउत्सवको अवसर पारेर एक औपचारीक कार्यक्रम आयोजना गरी भरतपुर हस्पिटलका सुपरिटेन्डन डा. विश्व बन्धु वगालेलाई हस्तान्तरण गरिएको महालक्ष्मी विकास बंैक हाकिमचोक शाखा प्रवन्धक अजयकुमार सापकोटाले जानकारी दिनुभयो । 

बैंक आधुनिक बैकिङ्ग प्राणीमा गएको, निक्षेप, कर्जाको आधारमा बैंक नेपालको पहिलो विकास बैंक रहेको तथा हालसम्म ९७ शाखा रहेको सो अवसरमा जानकारी  दिइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस