Safal Khabar - रामपुरका प्राध्यापक ओझालाई कालोमोसो दल्ने छ विद्यार्थी पक्राउ
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
रामपुरका प्राध्यापक ओझालाई कालोमोसो दल्ने छ विद्यार्थी पक्राउ
मङ्गलबार, ०७ जेठ २०७६, १३ : ०९
रामपुरका प्राध्यापक ओझालाई कालोमोसो दल्ने छ विद्यार्थी पक्राउ

चितवन । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।
 
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो । यसअघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दुई महीनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो । 
उक्त समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन गर्दै आएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस