एन आई सी एशिया बैंकको नयाँ शाखा जनकपुरमा, मुख्यमन्त्री राउतद्वारा उद्घाटन

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १८ : ००
एन आई सी एशिया बैंकको नयाँ शाखा जनकपुरमा, मुख्यमन्त्री राउतद्वारा उद्घाटन

धनुषा । एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नम्बर ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार एक कार्यक्रमका उद्घाटन गर्नुभएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेका अनुसार एन आई सी एशियालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

प्रतिक्रिया दिनुहोस