चितवन उद्योग संघको १९ औं साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, २१ : ३०
चितवन उद्योग संघको १९ औं साधारणसभा सम्पन्न

चितवन । चितवन उद्योग संघ १९ औं साधारण सभा एवं गभर्निङ काउन्सिल, पूर्व अध्यक्ष मण्डल, महिला उद्यमी, युवा उद्यमी मञ्चको अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहुनभएको थियो । 

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जे.एन.थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, जिल्ला समवन्य समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टीका जिल्लाका प्रतिनिधि तेजेन्द्र खड्का, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति भुपतिदास सापकोटा, मकवानपुर उद्योग संघका अध्यक्ष नवराज अर्याल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं नेपालका एकमात्र बड्फुलु विशेषज्ञ डा.होमबहादुर बस्नेत लगायतले बार्षिक साधारणसभाको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । 


साधारणसभामा इकाई समितिका संयोजक एवं सदस्यहरु, महिला उद्यमी मञ्चका संयोजक सदस्यहरु, युवा उद्यमी मञ्चका संयोजक एवं सदस्यहरु, गोल्डेन एशोसिएट, प्रिमियम एशोसिएट, एशोसिएट सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले सञ्चालन गर्नुभएको १९ औं साधारणसभाको समुद्घाटन सत्रलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले शुभकामना मन्तव्य सँगै समापन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस