मिनिसोको चौधौं आउटलेट मनकामना केवलकार परिसर कुरिनटारमा

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, १७ : २६
मिनिसोको चौधौं आउटलेट मनकामना केवलकार परिसर कुरिनटारमा

चितवन । अन्तर्राष्ट्रिय ब्राण्ड मिनिसोको चौधौं आउटलेट चितवनको कुरिनटारमा स्थापना भएको छ । मनकामना केबुलकारको बेस स्टेसन रहेको कुरिनटारमा मिनिसोले शनिबारदेखि सेवा शुभारम्भ गरेको हो ।

‘द बेस्ट अफ जापान, नाउ इन नेपाल’ नारासहित कुरिनटारमा सञ्चालनमा ल्याइएको मिनिसोको चौधौं आउटलेटको उद्घाटन मनकामना केबल कारका निर्देशक राजेशबाबु श्रेष्ठले गरेका हुन् । उनले मिनिसोको सफलताको कामना गर्दै आपसी सहकार्य र सहयोगको अपेक्षा गरे ।

मिनिसोको कुरिनटारस्थित आउटलेटबाट मनकामना दर्शनको लागि केबुलकार चढ्न कुरिनटार पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस