संघीय संसदको आजदेखि बर्खे अधिवेशन

दिउँसो ४ वजे दुवै सदनको वैठक आह्रवान्

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, ०६ : ४९
संघीय संसदको आजदेखि बर्खे अधिवेशन

फाईल फोटो

काठमाडौं । संघीय संसदको आज देखि वर्खे अधिवेशन शुरु हुदैछ । प्रतिनिधीसभा र राष्टिय सभा दुवै सदनको वैठक साँझ ४ वजेका लागि आह्रवान भएको छ । वर्खे अधिवेशनको आजको पहिलो दिनको वैठकमा औपचारिक शुरुवात र केही शोक प्रस्ताव पारित गरिने संसद सचिवालयले जनाएको छ।

राष्टपति विद्यादेवी भण्डारीले वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेपछि मात्र प्रि वजेट छलफल गर्ने गरी संसदले कार्यतालिका वनाएको छ ।

प्रतिपक्षी काग्रेसले नीति तथा कार्यक्रम पछि मात्र प्रि वजेट छलफल गर्ने गरि वनेको कार्यतालिका प्रति विमति जनाएको छ । गत वर्ष नीति तथा कार्यक्रम अगाडी नै प्रि बजेट छलफल गरिएको थियो । सरकार र संसद सचिवालयवीच छलफल गर्ने सहमित भएको सभामुख कृष्णवहादुर महराले बताए ।

राष्टपतिले २० गते प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम पारित पछि ३१वैशाख सम्म छलफल गर्ने सभामखु महराले वताए । तर काग्रेसले सरकारको नीति तथा कार्यक्रम अगाडी नै प्रि वजेट छलफल हुनुपर्ने अडान लिने भएको छ । काग्रेसको आइतबार वसेको संसदीय दलको वैठकले नीति तथा कार्यक्रम पहिले ल्याए विरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस