कालिमाटी फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १७ : ५६
कालिमाटी फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउण्टरको उद््घाटन गरेका छन् ।

CG Developers Tansen Cement box

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफुल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुर्याउने हेतुले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । 

कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको जनाएको छ ।

बैंकले अन्नवाली, तरकारी बाली, चिया/कफी, फलपूmल तथा पुष्प खेती, पशुपालन÷पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।