निम्न समयमा चिया नखानुहोस्

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १२ : २४
निम्न समयमा चिया नखानुहोस्

काठमाडौं । तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकि, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ । 

अखिर कुन कुन समयमा चिया पिउन हुँदैन ? यहाँ उल्लेख गरिएको छः 

१ बेड टी
प्राय मानिसको बानी हुन्छ, विहान बेडमै चिउा पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ । साथै विहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ ।

२ खानापछि चिया
खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ । यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ । खाना खानेवित्तिक चिया पिउँदा पाचन पक्रिया ढिलो हुँदै जान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पुर्याँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन । 

३ सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।
४ आइरन र क्याल्सियमसँग चिया

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।

प्रतिक्रिया दिनुहोस