महिलालाई आत्मनिर्भर बनाउन माण्डवी रौतहटद्वारा लाखौं सामाग्री वितरण

शुक्रबार, २२ चैत्र २०७५, १३ : ३७
महिलालाई आत्मनिर्भर बनाउन माण्डवी रौतहटद्वारा लाखौं सामाग्री वितरण

- सन्जय सहनी 
गौर । अन्तराष्ट्रिय दातृ संस्था पेनी अपिलको आर्थिक सहयोगमा माण्डवी रौतहटले गौरमा एक कार्यक्रम आयोजना गरी महिलाहरुलाई जिविकोपार्जन सामग्री हस्तान्तरण गरेको छ । गौर नगरपालिका वडा न ६ सबगढामा बिहिवार 
पूर्वमन्त्री एवं रौतहट एकका सांसद अनिल झाको प्रमुख अतिथ्यमा भएको जिविकोपार्जन हस्तान्तरण कार्यक्रममा महिलाहरूलाई आत्मनिर्भर बनाइ जिबिकोपार्जन गर्न सहयोग होस भन्ने उदेश्यले मान्डबीले सो सामाग्री बितरन गरेको हो । कार्यक्रममा ३० जना महिलालाई सिलाई मेशीन, औषधी छर्किने टंकी २५ जनालाई, बिउबिजन २५ जनालाई, दुइ थान पावर टेक्टर र १ जनालाई ई रीक्सा लगायतका जिविकोपार्जन सामग्री हस्तान्तरण गरिएको माणडबि रौतहटकि कार्यकारि अध्यक्ष अन्जु झाले बताइन ।

वडा नं. ६ का अध्यक्ष शेख जमसैदको अध्यक्षतामा भएको कार्यक्रममा दातृ संस्थाका एसिया रिजन प्रमुख मालिका वसिर, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उपनगर प्रमुख किरण ठाकुर, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं प्रदेश न २ सरकारका सरसफाई दुत रेवन्त झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक अध्यक्ष आर्दश उपाध्याय, पत्रकार प्रेमचन्द्र झा, सन्जय सहनी, गौतम श्रेष्ठले  माण्डवी रौतहटले जिल्लामा सराहनीय काम गरिरहेको भन्दै खुलेर प्रसंशा गरे । बक्ताहरुले रौतहटको महिलालाई आर्थिक समबृदि तर्फ लैजान माण्डबीले खेलिरहेका भुमिकाको प्रसंशा जति गरेपनि कम हुने बताए । 

सो अवसरमा माण्डबीको सहयोगमा  सिलाई कटाई र ब्यूटी पार्लर चलाइरहेका स्थानीय सल्मा खातुनले  सफलताका कथा सुनाएकी थिइन । सलमाले  यस तालिम र शिपबाट हुने आयआर्जन  आफनो घर चलाउन, छोरा छोरी पढाउनका निम्ति ठूलो सहयोग पुगिरहेको बताउँदै माण्डवी रौतहटलाई धन्यबाद र आभार प्रकट गरिन । बिच विचमा बालमन्दिर गौरका बालबालिकाले गितमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहसहित शसस्त्र प्रहरी निरिक्षक दिपक राज भट्टलगायत हजारौं सर्वसाधारणको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस