४० मेगावाट क्षमताको अपि चमेलिया निर्माण सुरु हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १४ : २४
४० मेगावाट क्षमताको अपि चमेलिया निर्माण सुरु हुँदै

काठमाडौं । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमामा थिल्लो ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । सुदुर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थीत आयोजना हो । यो आयोजना कम्पनीले निर्माण गरेको यो तेस्रो आयोजना हो । यसभन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मे.वा.क्षेमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्षदेखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ । साथै आगमी चैत मसान्तभित्र ८ मे.वा.क्षेमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका िदनमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ । 
यो आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानी र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७६ मंसिरदेखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् । अहिले हामी भारतबाट विद्युत खरिद गरी देशको माग परिपूर्ति गरिरहेका छौं । यसमा परिवर्तन ल्याउन सकिने संभावना रहेको छ । यो आयोजना यस मार्गमा महत्वपूर्ण कोशो ढूँगा सावित हुनेछ । साथै लगानी मैत्री सुदूर पश्चिमाञ्चलमा रहेको अपार जलश्रोतको उपायोग गरी देशलाई उर्जामा आत्मनिर्भर गर्न सकिनेछ । यो आयोजनाको निर्माण पश्चात सुदूर पश्चिमको मुहार फेरिने कुरामा दुईमत छैन । 
यो आयोजना सरकारले गर्ने लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट समेत भएको छ । सरकारले लगानी मैत्रीवातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजना समेत अगाडी बढाईनेछ । कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस