इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १९ : १३
इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । २०७५ साल चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक (TOPIK- Test of Proficiency in Korean Language)  परीक्षा शूल्क भुक्तान गर्न सक्नेछन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने आइएमई ग्रुपले जनाएको छ ।   
परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ ।  परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाउनु भएको नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नु पर्नेछ । परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि https://eoers.epsnepal.gov.np/साइटमा जानुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस