जनक्रान्ति सफल बनाउन विप्लव समूह मधेस मिशनमा !

विहीबार, ०७ चैत्र २०७५, १४ : ५९
जनक्रान्ति सफल बनाउन विप्लव समूह मधेस मिशनमा !

काठमाडौं । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपनि मधेस मिशन सकेको जानकारी दिएको छ । । समूहले मधेस मिशन अन्तरगत त्यहाँका विभिन्न स्थानहरुमा संगठनको विस्तारमा गरिरहेको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहदेखि सिके राउत मधेसमा आफ्नो अभियान चलाई रहेका समयमा प्रतिबिन्धित भएपनि मधेसमा जनतालाई सम्झाई बुझाई गर्न घरदैलोमा पुगेको हो । विप्लव समूहले मधेशलाई साथमा लिएमात्र क्रान्तिलाई सफल पार्न सकिने निर्णयमा पुगी मधेस मिशनमा जुटेको जानकारहरुको भनाई छ  ।

केही दिन अघि मात्र सिरहाका लहानमा राष्ट्रिय परिषद् वैठक गरी राउतले जनमत पार्टीको घोषणा गरेका थिए । त्यसको केही दिन अघि पूर्वराजा मधेस मिशनमा थिए । उनले पनि जनताबाट ठूलो सहानुभूति कमाए । उनले रौतहट, धनुषा, बारालगायतको जिल्ला दौड सकेका थिए । त्यसभन्दा पहिला सत्तारुढ नेकपाले रौतहटमा आम सभा गरेको थियो । कम्तिमा ५० हजार मानिस सहभागी भएको दाबी पनि गरियो ।

प्रतिबन्ध भए पनि उसले जनकपुर व्युरो गठन गरी नेता र संगठन विस्तार तथा परिचालनको काम सम्पन्न गरेको जनाएको छ । सो पार्टीका अनुसार संगठन सुदृढीकरण तथा विस्तार अभियानको दोस्रो संस्करण सम्पन्न भएको छ । ३ चैतमा मरिन गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको उसले जनाएको छ ।

अभियानका क्रममा ३६५ पार्टी र जनवर्गीय सङ्गठन निर्माण गरिएको जनाइएको छ । त्यस्तै ३५६ सदस्य रसिद वितरण गरिएको, ६५ ठाउँमा भित्तेलेखन भएको, २० हजार पर्चा वितरण गरिएको, पिँडीसभा २८६ स्थानमा गरिएको छ, ४ दर्जनभन्दा बढी पूर्णकालीन कार्यकर्ता बनाइएको पार्टीले जनाएको छ ।

अभियान टिमहरूलाई अभियान २ का जनकपुर ब्युरो कमान्डर पोलिटब्युरो सदस्य उमा भुजेलले सम्बोधन गरेकी थिइन् । ‘अब मधेसमा क्रान्तिकारीहरूको संगठन बलियो बनाउँदै यो सत्ताविरुद्धको अभियानलाई सक्रियताका साथ अघि बढाइनेछ’, विप्लव समूहका एक नेताले भने । जनकपुर, रौतहट, सर्लाही र सिन्धुलीलगायतका जिल्लामा अभियान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस