प्रचण्डलाई अमेरिकामा नेपाली समुदायद्वारा भव्य स्वागत

अमेरिकी सरकारद्वारा ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, १८ : ३०
प्रचण्डलाई अमेरिकामा नेपाली समुदायद्वारा भव्य स्वागत

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकामा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । यसैबीच अमेरिकामा रहेका नेपालीहरुले नेपालका शिर्ष नेतृत्व तथा परिवर्तनका वाहक प्रचण्डलाई अमेरिकास्थित केण्डकी बस्दै आएका डा. तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डमाथी उजुरी गरेर नेपाल र नेपालीको बदनाम गरेको भन्दै श्रेष्ठप्रति रोष प्रकट गरेका छन् । डा. श्रेष्ठलाई देश विरोधी काम गर्न लाज लाग्नुपर्ने भन्दै बेअर्थको उजुरी तत्काल फिर्ता लिई नेपाल र नेपाली समक्ष माफी माग्न समेत उनीहरुले आग्रह गरेका छन् ।

प्रचण्डलाई अमेरिकामा ‘नो इन्भेष्टिगेशन’को सर्कुलर
प्रचण्डविरुद्ध श्रेष्ठले उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर जारी गरेको छ । अमेरिकी दुतावास स्रोतका अनुसार अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर प्रचण्डका लागि जारी गरेको छ । यस्तो सर्कुलर जारी भएपछि अमेरिकी सरकारका कुनै पनि प्रकारका निकायले कारवाही अगाडि बढाउन मिल्दैन । यस्तो सर्कुलर  भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गथ्र्याे । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । 

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनै पनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगायत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।
प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस