महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, १९ : ००
महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको मैतीदेवीमा नयाँ शाखा स्थापना गरी बुधबारदेखि कारोबार सञ्चालनमा ल्याएको छ । 
काठमाडौं महानगरपालिका वडा नम्बर ३० स्थित मैतीदेवी शाखाकोे स्थापना भएसँगै बैंकको कुल शाखा संख्या ९० पुगेको छ । बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस