एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

सफल खबर संवाददाता

मंगलबार, २८ फागुन २०७५, १९ : ४३
एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

सप्तरी । एनआई सी एशिया बैंक लिमिटेडले सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ६ स्थित महादेवा शाखाको उद्घाटन गरेको छ । महादेवा गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले मंगलबार उक्त शाखाको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको बैंकको प्रशंसा गर्नु भएको थियो ।

एनआई सी एशिया मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।  करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस