महालक्ष्मीविकास बैंकद्वारा विद्यालयमा सेनिटरी न्यापकिन भेन्डिङ्ग मेशिन जडान

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, १८ : २७
महालक्ष्मीविकास बैंकद्वारा विद्यालयमा सेनिटरी न्यापकिन भेन्डिङ्ग मेशिन जडान

काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडको महिलवार लुम्बिनी शाखाले गत फागुन २४ गते नारी दिवसका दिन लुम्बिनीमा अवस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा सेनिटरी न्यापकिन भेन्डिङ्ग मेशिन जडान गरेको छ । उक्त मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् । यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन् । बैंकले यस प्रकारको सामाजिक कार्यले किशोरीहरुको मनोबल वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरेको जनाएको छ । 
बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गदैं आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस