क्यान्सरबाट जोगिन एस्ता चिज नखाने ?

आइतबार, २७ माघ २०७५, २१ : ३५
क्यान्सरबाट जोगिन एस्ता चिज नखाने ?

बोसोयुक्त मासु बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरसक खानु हुँदैन । यस्ता खानामा क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ ।
रक्सी रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढी खानु हुँदैन । बढी रक्सी खाएमा मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर लाग्ने जोखिम बढी हुन्छ ।
तारेको खाना तारेको र भुटेको खाना बढी खाने गर्नुभयो भने शरीरमा एक्रिलामाइड नामक तŒवको मात्रा बढ्छ । जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास ल्याउने र क्यान्सर लगाउने जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तŒव कम हुने भएकाले तारेकोभन्दा उसिनेको खाना स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ ।
रातो मासु सुंगुर र खसीको मासु खान मज्जा आउँछ । तर, यस्ता रातो मासु बढी खाएमा क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खानाले पनि क्यान्सर लाग्ने जोखिम बढी हुन्छ ।
यस्ता मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन । नुन हाम्रो शरीरले फास्टफुड, अचारलगायतबाट प्रशस्त मात्रामा नुन प्राप्त गर्छ । त्यसमाथि तरकारी र दालमा पनि  नुनको मात्रा बढी हाल्छौँ । दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । तर, हामीले त्यसको दोब्बरभन्दा बढी नुन दिनहुँ खाइरहेका हुन्छौँ । नुन बढी खाएमा उच्च रक्तचाप र हृदयाघातसँगै क्यान्सरको जोखिमसमेत बढ्दछ । शुक्रवारबाट

प्रतिक्रिया दिनुहोस