छालाको दाग हटाउने उपाय

आइतबार, २७ माघ २०७५, २१ : १९
छालाको दाग हटाउने उपाय

अचेल छालालाई सुन्दर तथा आर्कषक बनाउन विभिन्न किसिमका सौन्दर्य प्रशोधन प्रयोग गर्ने गरेको देखिन्छ ।  यसमा विभिन्न रसायन मिसाइएका हुुन्छन् । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने गर्छ । दाग हटाउने तरिकाहरुमा : आलु र कागतीको प्रयोग सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्ने । त्यसपछि यसलाई कागतीको रससंग मिसाउने ।
यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाएर २० मिनेटसम्म त्यसै छोड्नुहोस् र सफा पानीले मुख सफा गर्नुपर्छ । आलु र काँक्रोको प्रयोग सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्ने । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाएर २५ मिनेटसम्म सुख्न दिने त्यसपछि सफा पानीले मुख सफा गर्नुपर्छ । यसले अनुहारमा भएको दागको समस्याबाट छुटकारा दिन्छ । शुक्रवार

प्रतिक्रिया दिनुहोस