मौलाकालिका अस्पताल सेवा बिस्तार गर्दै ,एनआईसियू र पीआईसियू सेवा संचालन

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, २० : ५४
मौलाकालिका अस्पताल सेवा बिस्तार गर्दै ,एनआईसियू र पीआईसियू सेवा संचालन

चितवन । भरतपुरको  चौविसकोठीमा संचालित मौलाकालिका अस्पताललेसेवा बिस्तार गर्दै  आइतवारदेखी एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । श्रीपञ्चमीको अवसर पारी ५१ शैय्याको उक्त अस्पतालले आजबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको अस्पतालले बताएको छ।

मेडिकल सिटीको रूपमा बिकसितहुदै आएको चितवनमा धेरै निजी स्वास्थ्य संस्था खुलेपनि आवश्यकता अनुरुप प्रविधियुक्त सेवा पुराउन भने सकेका छैनन् । यो थप सेवाले बिरामीहरूले समयमै सेवा पाउने विश्वाश लिएको डा बिष्वबन्धु बगालेले बतउनुभयो ।
मौलाकालिकाले एनआईसीयू र पीआईसीयू सञ्चालनमा ल्याएपछि जटिल खालका विरामीको उपचारका लागि केही सहजता हुने अर्का चिकित्सक डा योगराज शर्माको धारणा छ ।

प्रतिक्रिया दिनुहोस