यसरी सकिन्छ कालो ओठ लाई गुलाबी बनाउन

विहीबार, २४ माघ २०७५, १९ : ५७
यसरी सकिन्छ कालो ओठ लाई गुलाबी बनाउन

चुरोट पिउने मानिसको ओठ कालो हुन्छ भनिन्छ । जे भएता पनि ओठ कालो धेरै मानिस समाधान खोजिराखेका हुन्छन् । त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन यी चिजको उपयोग गर्न सकिन्छ :

चिनी र मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, भेनिला एसनस र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ । त्यस्तै, एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस् । दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् । यसपछि तैलीय पदार्थ लगाउन नभुल्नुहोस् ।

खाने सोडा
खाने सोडा (बेकिङ सोडा)मा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मोल्नुहोस् । यसो गर्दा तपाईंको ओठ बिस्तारै गुलाबी हुँदै जान्छ ।

जैतुनको तेल
- एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् ।
- यसले ओठ फुटेको निको हुन्छ ।

कफीको दाना
कफीलाई मजाले पिस्नुहोस् । अनि, दूधमा मिलाएर ओठमा दल्नुहोस् । केही बेरपछि मनतातो पानीले धुनुहोस् । अनि, तपाईंको कालो ओठ गुलाबी हुनेछ ।

टुथब्रस
कोमल खालको टुथब्रसले ओठमा हल्का तरिकाले रगड्नुहोस् । यसो गर्दा ओठमा भएका डेड सेल निक्लिन्छन् । यो ओठ नरम बनाउने सबैभन्दा सरल उपाय हो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस