पूर्वमिस नेपाल माल्भिका सुब्बाको फिटनेस

मंगलबार, २२ माघ २०७५, २० : २५
पूर्वमिस नेपाल माल्भिका सुब्बाको फिटनेस

सन् २००२ की मिस नेपाल हुन् माल्भिका सुब्बा । भौतिकसँगै बौद्धिक सुन्दरतामा पनि उनी माहिर मानिन्छन् । स्टेज कार्यक्रम, उद्घोषण, फेसन सोसँगै कोरियोग्राफीमा समेत छाएकी ३७ वर्षीया माल्भिका एक सन्तानकी आमा हुन् । आमा बनिसकेपछि पनि माल्भिकाले जसरी आफूलाई यसरी फिट राख्न सफल भएकी छिन् । आफ्नो फिटनेसको राजबारे भनिन् ।

 काममा व्यस्त
म प्रायः काममै व्यस्त रहन्छु । कामको सिलसिलामै हिँडिरहने भएकाले खासै दैनिक व्यायामको आवश्यकता पर्दैन । अझ भन्दा, व्यायाम गर्ने त फुर्सद नै पाउँदिनँ । कार्यक्रमहरूमा घन्टौँसम्म उभिएर बोल्नुपर्ने हुन्छ । यसले गर्दा पनि शरीर आफैँ मेन्टेन भइराखेको हुन्छ । आजका दिनसम्म फिट रहन जिम नै जानुपर्ने आवश्यकता परेको छैन ।  
समयमा खाना
यही खानेकुरा खान्छु भन्ने छैन । तर, जे खाए पनि समयमा खाने गर्छु । सकभर चिल्लो खानेकुरा खान्नँ । घरमा बसेको वेला सादा खाना खान मन पराउँछु । तर, बाहिर जाँदा मासुजन्य खानेकुरा र फास्टफुड बढी खाने गर्छु । मैले खाने खानामा सागसब्जी बढी हुनुपर्छ । त्यस्तै, पानी पनि प्रशस्त मात्रामा पिउने गर्छु ।  

जंकफुड बन्देज
जंकफुडले मोटाउनेसँगै शरीरमा विभिन्न हानि पु¥याउने गर्छ । यसर्थ, म खानामा जंकफुड सकभर समावेश गर्दिनँ । खाजा पनि प्रायः घरमै बनाएको खान मन पराउँछु । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस