घरको कामलाई यसरी सजिलो पार्न सकिन्छ

शनिबार, १९ माघ २०७५, ११ : ३७
घरको कामलाई यसरी सजिलो पार्न सकिन्छ

पानी भकभक उमाल्दा भाँडोबाट पोखिने गरेको छ भने भाँडोमा काठको चम्चा अथवा पनिउँ डुबाइ दिनुभयो भने पानी पोखिँदैन र पाँच–सात मिनेटसम्म पानी उमाल्न सकिन्छ ।

–    प्याज काट्दा आँखा पोल्ने अथवा आँसु आएर हैरान हुनुभएको छ भने चुइँगम चपाउँदै प्याज काट्नुहोस् । यसो गर्दा आँखा पोल्ने वा आँसु आउँदैनन ।

–    ह्विस्की अथवा जुसमा मिसाउने बरफ शुद्ध होस् भन्ने चाहनुहुन्छ भने उमालेको पानी फ्रिजमा राख्ने गर्नुपर्छ । –    बाथरुमको ऐना कसै गरी पनि सफा भएन भने सिसामा स्प्रिट छरेर पुछ्दा ऐना चम्किलो र सफा हुन्छ ।

–    बन्दाकोपीको गन्ध राम्रो लाग्दैन तर स्वास्थ्यका लागि खानुपर्छ भन्ने लाग्छ भने बन्दाकोपी पकाउँदा कराइमा पाउरोटीको सानो टुक्रा मिसाएमा बन्दाकोपीको गन्ध हराउँछ ।

–    कागतीभित्रको रस जम्मै निकाल्नु छ भने तातो पानीमा कागतीलाई केही बेर डुबाएर काट्ने र चिनोर्ने ।

–    घरमा कमिला लागेर हैरान हुनुभएको छ भने कमिला लाग्ने ठाउँमा काक्राको टुक्रा राख्नुहोस् । कमिलाजति सबै भाग्छन् ।

–    सर्ट अथवा प्यान्टमा मसीको दाग लागेको छ भने दाग लागेको ठाउँमा टुथपेस्ट लगाउने, त्यसलाई राम्रोसँग सुक्न दिने र पछि धुनुपर्छ । मसीको दाग हराउँछ ।

–    सेतो कपडालाई चम्किलो बनाउनु छ भने पानीमा कागतीको रस मिसाएर त्यो पानीले कपडा धुने र पखाल्ने गर्नुपर्छ ।

–    कपडामा चुइँगम लागेको छ र पूरै हटेको छैन भने एक घण्टाजति सर्टलाई फ्रिजमा राख्नुपर्छ ।

–    घरमा मुसाले दिक्क बनाएको छ भने मुसा आउने बाटो पहिचान गरी त्यहाँ केही मरिच दाना राखिदिनुपर्छ । मरिच भएको ठाउँमा मुसा आउँदैन ।  शुक्रवार

प्रतिक्रिया दिनुहोस