उपयुक्त मेकअप कसरी गर्ने ?

सोमबार, १४ माघ २०७५, २० : ३३
उपयुक्त मेकअप कसरी गर्ने ?

मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस् ।  मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस् । मेकअप भद्दा किसिमको हुनु हुँदैन । मेकअप त नेचुरल हुनुपर्छ ।  मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा राख्नुपर्छ ।

मेकअप गर्नुभन्दा पहिले आफ्नो अनुहार सफा गर्नुपर्छ । अनुहार सफा गर्दा आफ्नो छालाको प्रकार अनुसारको फेसवास प्रयोग गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनु पर्छ । टोनरले मेकअपलाई धेरै बेर टिकाउनुका साथै छालालाई कसिलो बनाउने गर्छ । आफ्नो छालाको प्रकार र उमेर अनुसार सन ब्लकयुक्त मोस्चराइजर लगाउनु पर्छ । बेलुका पनि अनुहार सफा गरेर टोनर र नाइट क्रिम लगाउनु पर्छ ।  जसले गर्दा छाला स्वस्थ, सफा र  चम्किलो बन्छ ।  कलर कस्मेटिक अनुहारको छालालाई सुरक्षित राख्न स्किन केयरको प्रयोग पछि मेकअप प्राइमर लगाउनुपर्छ । अनुहारमा भएका दाग लुकाउन कन्सिलर प्रयोग गर्न सकिन्छ । आँखा वरिपरि कालो दाग छ भने आई कन्सिलर लगाएर फाउन्डेसनले छोप्नु पर्छ । मेकअपलाई लामो समय टिकाउनु छ भने वाटरप्रुफ फाउन्डेसन लगाएर ट्रान्सल्यूसेन्ट पाउडरले त्यसलाई सेट गर्न सकिन्छ  ।

मेकअप गर्दा वेस राम्रोसँग बनाउनुपर्छ । वेस बनाइसकेपछि आँखाको मेकअप गर्नुपर्छ । आँखाको मेकअपमा विशेष गरेर आइस्याडो आफ्नो पहिरनसँग मिल्ने रंगको हुनुपर्छ । आँखाको सेप अनुसार आइलाइनर लगाउनुपर्छ । सानो र चिम्रो आँखामा मोटो लाइनर लगाउने । यदि आई मेकअप धेरै समय टिकाउनु छ भने वाटरप्रुफ लाइनर र मस्करा प्रयोग गनुपर्र्छ । लिपिस्टिक लगाउनुभन्दा पहिले लिप लाइनरले ओठलाई सेप दिनुपर्छ । लिपिस्टिकको कलर भन्दा एक सेड लाइट कलरको लिप लाइनर प्रयोग गर्नुपर्छ । ओठ मोटो छ भने भित्रबाट र पातलो छ भने बाहिरबाट लिप लाइनर लगाएर  ओठको सेप बनाउनु पर्छ ।  लिपिस्टिक धेरै बेर टिकाउन ओठमा हल्का फाउन्डेसन लगाएर लिपिस्टिक दल्नुका साथै लिप लाइनर पनि धेरै बेर टिक्ने किसिमले लगाउनु पर्छ । शुक्रवार

प्रतिक्रिया दिनुहोस