डा. केसीलाई इलामबाहिर लगेर आइसीयुमा राख्नुपर्ने, तर केसी भन्छन्,– यहाँबाट एक इन्च पनि कतै सर्दिन, वार्ता पनि गर्दिन

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०७५, १५ : २५
डा. केसीलाई इलामबाहिर लगेर आइसीयुमा राख्नुपर्ने, तर केसी भन्छन्,– यहाँबाट एक इन्च पनि कतै सर्दिन, वार्ता पनि गर्दिन

काठमाडौं । इलाममा अनसनरत डा. गोविन्द केसीलाई आइसीयुमा राख्नुपर्ने भएको छ । डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ ।  तर, इलाममा आइसीयु छैन । त्यसैले डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ ।
तर, डा. केसी इलामबाट एक इन्च पनि कतै नसर्ने ढिपी गरिरहेका छन् । केसीले औषधि उपचार लिन पनि अस्वीकार गरिरहेका छन् । अब उनको स्वास्थ्य के हुने हो भन्ने चिन्ता बढ्न थालेको छ । 

औषधि लिन नमानिरहेका डा. केसीले सरकारसँग वार्ता पनि नगर्ने बताएका छन् । ‘हिजोको सहमति पूरा नगरी वार्ताको औचित्य पनि छैन, उनका सहयोगी धर्म गौतमले भने, ‘सरकारले चाहेमा संसदबाट डा. केसीको सम्झौता हुबहु कार्यान्वयन गराउन सक्छ ।’ १५ औं अनसनकै बेला वार्ता भएर सहमति भइसकेकाले अब वार्ता नगर्ने डा. केसीलाई उद्धृध गर्दै गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस