माडीमा ठेकेदार बिक्रम पाण्डेले फैलाएका आठ भ्रम र वास्तविकता

बुधबार, २२ कार्तिक २०७४, १८ : ११
माडीमा ठेकेदार बिक्रम पाण्डेले फैलाएका आठ भ्रम र वास्तविकता


चितवन l पछिल्लो समय चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस राप्रपा गठबन्धनबाट ठेकेदार बिक्रम पाण्डेले उम्मेदवारी दिएसँगै बिभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ । ठेकेदार पाण्डेको बिकासबादी नाराको हवाला दिँदै भ्रम सिर्जना गर्न खोजिएको छ । यी हुन् ठेकेदार पाण्डेसँग सम्बन्धित आठ भ्रम र तिनको वास्तविकता :
 

भ्रम नं. १
 रेवा नदीको पुल पाण्डेले बनाएका हुन् ।
वास्तविकता : यो पुल नेपाल सरकारको टेण्डर सकार्दै पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन्सले बनाएको हो । यो पुलको लागि आवश्यक बजेट तत्कालीन माननीय अमिक शेरचनको मागमा बिनियोजित भएको थियो ।
 

भ्रम नं. २
माडीको बाटो पाण्डेले पिच गरेका हुन् ।
वास्तविकता : ट्रिपल आर कार्यक्रम अन्तर्गत एशियाली बिकास बैङ्कको सहयोगमा रेवा नदीको पुलदेखि अयोध्यापुरीसम्मको बाटो ३ मिटर चौड़ा कालोपत्रे गरिएको थियो । बाटोलाई ३ खण्डमा विभाजन गरी १ खण्ड बनकट्टादेखि बसन्तपुरसम्मको बाटो बिक्रम पाण्डेको कम्पनीले ठेक्का लिएको थियो । बाटो राम्ररी नबन्दै चिराचिरा परेको र हिँड्नै नमिल्ने गरी ध्वस्त भएकाले स्थानीय बासिन्दाले पाएको दु:ख अझै भुलेका छैनन् । निर्माण कार्य गर्न स्थानीय मगुई खोलाबाट निकालिएको गिटी बालुवाको रोयल्टी स्थानीय बफरजोनले अझै पाएका छैनन् ।
 

भ्रम नं. ३
 माडीमा बिजुली पाण्डेले ल्याएका हुन् ।
वास्तविकता : पंचवर्षीय योजना अन्तर्गतको ग्रामीण वध्युतीकरण आयोजना असफल भैसकेपछि पहिले अमिक शेरचनकै पहलमा पछिल्लो चरण संसद डिआर पौडेल र पुर्वसाँसद तीर्थ भुषालसहित राजनैतिक दलको दबावमा अन्डरग्राउण्ड रुपमा बिजुलीको तार बिछ्याईएको थियो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको विशेष निर्देशानुसार बिजुली माडी भित्रियो । पाण्डेबाहेकका सबै सांसद र मन्त्रीको उपस्थितिमा त्यसको औपचारिक उद्घाटन गरियो ।

 भ्रम नं. ४
 रेवा नदीको तटबन्धन र चक्रपथ
वास्तविकता : शिवद्वार होमस्टेले पेश गरेको कार्ययोजना अनुरुप नै चक्रपथ र भित्री सडकको काम अगाडि बढ्यो । जलउत्पन्न मार्फ़त प्राप्त रेवा नदीको ड्याम निर्माणको बजेट फ़र्ज़ी रुपमा सम्पन गरिएको भनेर स्वयं पाण्डेकै कार्यकर्ताको संलग्नताको प्रमाणसहित स्थानीय तहको चुनावको बेला पत्रिकामा समचार प्रकाशन भैसकेको तथ्य जगजाहेर छ ।


भ्रम नं. ५
 दमकल र पुल
वास्तविकता : माडीलाई प्राप्त दमकल माननीय हितराज पाण्डेको निर्णयानुसार माननीय डिआर पौडेलले माडी नगरपालिकालाई हस्तान्तरण गरेक हुन् । माडीमा बन्न लागेका पुलहरु हुलाकी सडक परियोजना अन्तर्गतका हुन् । जुन योजना केपी ओली सरकारको पालामा भएको संझौताका आधारमा अघि बढेको हो ।

भ्रम नं. ६
 निकुञ्जका रुख़ पाण्डेले काटेका हुन् ।
वास्तविकता : निकुञ्जभित्रका रुखमा पहिलो आरा लगाउने हिम्मतवाला नेता मातृका यादव र अमिक शेरचन हुन्, तत्कालीन चिफ वार्डेन मेघबहादुर पाण्डेको साथ लिएर । अहिले स्थानीय सरकार निर्वाचित भएपछि मेयर ठाकुर ढकाल सहितको टीमले एक सूत्रीय रुपमा यो एजेण्डालाई अगाडि बढाउँदै विभाग र निकुञ्जको सहमतिमा नगरपालिकाकै आर्थिक सहयोगमा रुख़ कटान भएको हो । यदि पाण्डेले गर्थे भने ३ बर्ष के हेरेर बसे ? अहिले किन रुख़ काट्न स्थानीय सरकार चाहियो ?

 भ्रम नं. ७
 सबै बिकास पाण्डेले गरेका हुन् ।
वास्तविकता : चितवनका तत्कालीन स्थानीय विकास अधिकारीहरुलाई सोधे थाहा लाग्छ, निर्वाचन क्षेत्र बिकास कार्यक्रमका योजनाहरु पाण्डेले कसरी एकलौटी गर्न दबाब दिन्थे भन्ने कुरा । सांसद डिआर पौडेल, रुक्मणी चौधरी र उमेश श्रेष्ठको लिखित असहमतिका बाबजुद पनि पाण्डेले आफ्ना कार्यकर्तामैत्री कार्यक्रम कसरी लागु गर्थे भन्ने कुरा यसअघि नै सार्वजनिक भैसकेका छन् । माडीकै महत्वको मगुई खोलाको पुल बनाउने प्रस्ताव उनले आफ्नो सनकका भरमा अन्यत्र लगेका थिए ।

भ्रम नं. ८
माओवादी, एमाले र काँग्रेसले काम गर्नै दिएनन्
वास्तविकता : यहाँका राजनैतिक पार्टीले निर्वाचित साँसदलाई कटाउन खोजेका होईनन् । हरेक मंचमा आफुले सिन्को नभाँच्ने तर माडीका दललाई सत्तोसराप गर्ने काम नछाडेपछि उनलाई जनताले बहिस्कार गरेका हुन् । यो उनको ब्यक्तिगत विरोध होईन बरु उनको रकमी रवाफ र सामन्ती सोचको कारण पैदा भएको जनआक्रोश हो ।


ठेकेदार पाण्डेलाई जनताका केही प्रश्न :
१. सँगै सांसद बनेका चितवन १ नं. क्षेत्रका नेता सुरेन्द्र पाण्डेले २०० किमी पिच गराउदा हाम्रा पाण्डेजीको पहलमा २० मिटर पनि किन हुन सकेन् ?
 २. नेपाल सरकारको निर्णयमा माडी आएको दिवाकर पोलिटेक्निक ईन्ष्टिच्युटको जमिन प्राप्तिको फ़ाईल पाण्डेकै डिजाईनमा किन अगाडि बढाउन रोकियो ?
 ३.सिङ्गो माडी बाढीले तहसनहस हुँदा हेलिकप्टर सयर त गरियो तर पीडित जनतालाई सांसद हुनुका नाताले न्युनतम राहत दिनु त परै जाओस् नगरपालिकालाई सराप्दै ज़िम्मेवारीबाट किन भागियो ?
 ४.स्वाभाविक रुपमा आएका र अरुको पहलमा माडीमा हुने सानाभन्दा साना बिकास योजनाको जस लिन निजी रेडियो र टिभी प्रयोग गर्ने तर जनता सामु गरेका चुनावी वाचा किन भुलियो ?
 ५. ठोरी केरुगं मार्ग कहाँ अलपत्र पारियो ?
 ६. निधारको अबिर नसुक्दै बिकासको बाढी ल्याउँछु माडीमा भनेर आश्वसन बाँड्ने पाण्डेले माडीको विकासका लागि स्वप्रयत्नमा गरका कुनै २-४ वटा काम सोधियो भने उत्तर दिने केही काम छन् त ?

 

प्रतिक्रिया दिनुहोस