त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी

सफल खबर संवाददाता

शनिबार, १० साउन २०८२, ०८ : ४४
त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरूको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले तेस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ ।

बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र सुरु भएको धर्नालाई शनिबार पनि निरन्तरता दिइएको हो । 

आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ,  गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन्।

आन्दोलन संयोजक मनिष चम्लागाईले शान्तिपूर्ण धर्ना जारी रहेको बताए । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने उनले बताए । 

अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको थियो। 

प्रतिक्रिया दिनुहोस