चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ ।
मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरू खटिइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने बताए।
निर्वाचनमा ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०८३, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य (खुलातर्फ) सस्मित पोखरेलको उम्मेदवारी
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि चितवनबाट १९ जनाको दाबी
रास्वपा महाधिवेशन : बन्द सत्र सुरु
रास्वपाका महाधिवेशन प्रतिनिधि, कुन प्रदेशबाट कति ? (नामसहित)
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
रास्वपा महाधिवेशन: एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने