काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको बैंकिङ कसुर सम्बन्धी अनुसन्धान अपुरो रहेको विशेष सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ब्युरोको अनुसन्धान अपुरो देखिएको भन्दै विशेष सरकारी वकिलले फायल फिर्ता गरेको छ ।
प्रसाईँले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागि दुरुपयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट भेटिएको छ ।
अहिलेसम्मको अनुसन्धानबाट प्रसाईँले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबार मार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा उनले दुरुपयोग गरेका हुन् ।
ब्युरोले अनुसन्धान सकेर केही दिनअघि प्रतिवेदन बुझाएको थियो । तर, विशेष सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आएको ब्युरोका एसएसपी होविन्द्र बोगटीले बताए। सरकारी वकिलले प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारबारे पनि अनुसन्धान गर्न भनेको छ ।
बोगटी भन्छन्, ‘परिवारका अन्य सदस्यहरूलाई पनि अनुसन्धान गर्न भनिएको छ ।’विशेष सरकारी वकिल कार्यालयले प्रहरीलाई ६ बुँदे निर्देशन दिएको छ ।
चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य प्रतिवादी प्रसाईँलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको छ ।
तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् । अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं