काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको बैंकिङ कसुर सम्बन्धी अनुसन्धान अपुरो रहेको विशेष सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ब्युरोको अनुसन्धान अपुरो देखिएको भन्दै विशेष सरकारी वकिलले फायल फिर्ता गरेको छ ।
प्रसाईँले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागि दुरुपयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट भेटिएको छ ।
अहिलेसम्मको अनुसन्धानबाट प्रसाईँले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबार मार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा उनले दुरुपयोग गरेका हुन् ।
ब्युरोले अनुसन्धान सकेर केही दिनअघि प्रतिवेदन बुझाएको थियो । तर, विशेष सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आएको ब्युरोका एसएसपी होविन्द्र बोगटीले बताए। सरकारी वकिलले प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारबारे पनि अनुसन्धान गर्न भनेको छ ।
बोगटी भन्छन्, ‘परिवारका अन्य सदस्यहरूलाई पनि अनुसन्धान गर्न भनिएको छ ।’विशेष सरकारी वकिल कार्यालयले प्रहरीलाई ६ बुँदे निर्देशन दिएको छ ।
चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य प्रतिवादी प्रसाईँलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको छ ।
तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् । अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई
‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा
तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अदालत जाने
दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश