मोरङ । मोरङमा आज (सोमबार) बिहान सिलिन्डर ग्यास पड्किएर आगलागी हुँदा तीनवटा पसल जलेका छन्।
जिल्लाको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित सौँठा चोकमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो।
प्रहरीका अनुसार, स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो।
सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) कोपिला चुडालले जानकारी दिइन्।
नजिकै रहेको प्रहरी चौकीको टोली र स्थानीयको सहयोगमा आगलागी बिहान ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा मानिसलाई केही भएको छैन। घरभित्र रहेका सामान र पसलका सामान भने जलेर क्षति भएको डीएसपी चुडालले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु
ग्यास बुलेटको ब्रेक फेल हुँदा ट्रकसँग ठोकियो
धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते
ग्यासमा कमिसन बढ्यो, उभोक्तालाई भार पर्छ कि पर्दैन ?
खाना पकाउने एलपी ग्यासको आयात वृद्धि
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार