स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, ०७ : ४१
स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । बुधबार बिहान सकिएको खेलमा ओसासुनालाई १–० गोलले हराउँदै मड्रिड विजयी भएको हो ।

रियल मड्रिडका लागि केलियन एम्बाप्पेले गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित भएको ओसासुनाले सिजनमा खराब सुरुवात गरेको छ । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका अबेल ब्रेटोनसले रातो कार्ड पाएका थिए ।

यो सँगै ला लिगाको नयाँ सिजनमा सहभागी २० टोलीले पहिलो चरणको खेल पूरा गरेका छन् ।