नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् ।
पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले स्पष्ट पारे ।
लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा. तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना
जनताको चाहना सम्बोधन गर्नेगरी बजेट ल्याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना
‘सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ’: सञ्चारमन्त्री तिमिल्सिना