कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?

सफल खबर संवाददाता

बुधबार, ०२ बैशाख २०८३, १० : २३
कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?

काठमाडौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको आज बैठक बस्दैछ । बैठकअगाडी कांग्रेसको अनुशासन समितिको पनि बैठक बस्दैछ । अनुशासन समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको  छ । कार्यसम्पाद समितिको बैठक दिउँसो २ बजे बस्दैछ । 

कांग्रेसमा गगत थापा पक्षधरहरुले विशेष महाधिवेशन गरेपछि निर्वाचन आयोगले थापा पक्षधर कमिटिलाई आधिकारिकता दिएको छ । तर यने निर्णय विरुद्द र कांग्रेसको आधिकारिकताका सवालमा सर्वाेच्च अदालतमा मुद्दा छ । निर्वतमान सभापति शेरवहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्काहरुले कांग्रेसको आधिकारिकता आफुहरुले पाउनुपर्ने भन्दै सर्वाेच्चमा रिट दर्ता गरेका थिए । तर अदालतले यो विषय निरुपण गरिसकेको छैन । 

यही अन्यौलका बीच कांग्रेसको आधिकारिक लेटरप्याड प्रयोग गरेर निर्वतमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दोस्रो पटक वक्तब्य जारी गरेपछि उनीमाथी अब के गर्ने भनन्े प्रश्नमा कांग्रेस अल्झेको छ ।

यस अगडाी पनि कार्यवाहक सभापतिको हैसियतमा खड्काले वक्तब्य दिएपछि उनलाई स्पष्टीकरण सोध्ने तयारीमा कांग्रेस थियो । तर, फेरि दोस्रोपटक पनि खड्काले लेटरप्याड नै प्रयोग गरेर दोस्रो पटक पनि विज्ञप्ति जारी गरेपछि कांग्रेसको अनुशासन समितिले खड्कालाई कारवाही सिफारिस गर्न बैठक बोलाइएको चर्चा छ ।

कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भनेको छ। साथै वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने गरी कार्यतालिका ल्याउने तयारीमा निर्वाचन समिति छ। ती विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक  बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यधपी, कार्यसम्पादन समिति अगाडी अनुशासन समितिको बैठक राखिएको र निर्वतमान कार्यवाहक सभापति खड्काले काग्रेसले क्रियाशिल सदस्यता खारेजका सवालमा लिएको निर्णयलाई चुनौति दिादै वक्तब्य दिएका थिए । 

त्यसपछि कांग्रेसका पदाधिकारी आक्रोशित भएका हुन् । उनीहरुले निर्वमान कावा सभापति खड्कालाई कारवाही सिफारिस गर्न लागेको हो । सुरुमा उनलाई स्पष्टिकरण सोध्ने तयारीमा कांग्रेस छ । अहिले बिहान बस्ने अनुशासन समितिले यसबारेमा निर्णय लिने सम्भाबना अकि छ । पार्टीको आधिकारिकताग गन थापा पक्षले पाईसक्दाप नि खड्काले आफनो नाममा गुटवन्दी गरिरहेको, दुई  दुई पटक बक्तब्य नै दिएको र निरन्तर समानान्तर गतिविधि गरेको आरोप खड्कामाथी लागेको छ । 

सोही कारण पनि उनीमाथी पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टिकरण सोध्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस