काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सक्रियतासँगै प्रहरीले चार दिनमा २२६ जना बिचौलिया पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट प्रहरीले चैत १८ गते ६९, १९ गते ७१, २० गते २४ र २१ गते ६२ जना पक्राउ गरेको हो ।
सार्वजनिक तथा सरकारी कार्यालय आसपासमा अनुमति नलिइकन अवैध ढंगले बिचौलीकाको काम गर्न कार्यालय नै स्थापना गरेका र डुलुवाका रुपमा बिचौलिया बनेकामाथि निगरानी बढाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उपत्यकाबाट चैत १८ गते ५१ जनालाई पक्राउ गरेर एक्सन सुरु गरेको हो । काठमाडौँका विभिन्न बस काउन्टरसँगै ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो ।कोशी प्रदेशबाट चैत १८ गते १८ जना नै पक्राउ परेका छन् । सुनसरी मालपोतबाट १३ र यातायातबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
चैत १९ गते झापा यातायातबाट एक र मधेश प्रदेशको पर्सा यातायातबाट तीन र सप्तरी मालपोतबाट चार गरेर सात जना पक्राउ गरेको हो । बागमतीको चितवन मालपोतबाट २३ जनालाई पक्राउ गरेको प्रहरीले गण्डकी प्रदेश कास्कीबाट दुई र कर्णालीको सुर्खेत मालपोतबाट १९ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर मालपोत र जिल्ला प्रशासनबाट १९ जना पक्राउ परेका छन् ।
चैत २० गते गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको भने शनिबार मात्र काठमाडौँ उपत्यकाबाट ६२ जनालाई पक्राउ गरेको छ । चार दिनमा प्रहरीले २२६ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव