काठमाडौँ । स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नागरिक ४० वर्षीय वाङ जियाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपियाँ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको टोलीले वाङलाई डेराबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला