राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, १९ : ३६
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघिका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै आवश्यक थप छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

गृहमन्त्री गुरुङका अनुसार घटनासम्बन्धी उपलब्ध प्रतिवेदन र अध्ययन सामग्रीको समीक्षा गरी आवश्यक देखिएमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइनेछ।

राजदरबार हत्याकाण्ड नेपालको राजनीतिक इतिहासको एक महत्वपूर्ण तथा चर्चित घटनाका रूपमा रहेको छ। उक्त घटनाबारे यसअघि विभिन्न तहबाट अनुसन्धान तथा अध्ययन गरिए पनि समय-समयमा थप छानबिनको माग उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस